निशा एटमको गजल

सोचे जस्तो हुने भए, धेरै कुरा आट्न हुन्थ्यो

सप्तरङ्गी खुशीसग ,दु:ख पीडा साट्न हुन्थ्यो

 

वेदनाका दुखित  बस्ती लुकाउन सके त

संसारकै खुशी बनी,सबैलाइ सम्हाल्न हुन्थ्यो

 

काम गरेनी  सुख छैन सुन्नुस हामीलाई

प्वाल परेको नियतीलाइ मिलेदेखी टाल्न हुन्थ्यो

 

मान्छे भिन्न बिचार भिन्न आनीबानी भिन्न छ

राम्रा राम्रा बानी राखी , अरु सबै फाल्न  हुन्थ्यो

 

कार चढे,खल्ती भरे,लुट्नु लुटे देशलाइ

देशभक्तले भ्रष्टाचारीलाई खाल्डोमा  हाल्न  हुन्थ्यो!

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close