स्थायी कमिटीमा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने प्रचण्ड पक्षको तयारी

काठमाडौं। असार दश गते सुरु भएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक (आज) पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुटारमा बस्ने बैठकमा स्थायी कमिटी सदस्यहरुले आ–आफ्नो धारणा राख्नेछन ।

पहिलो दिनको बैठकमा दुवै अध्यक्षले आफ्नो मन्तव्य राखेपछि लगातार दोस्रो दिन अनुपस्थित रहेका थिए । त्यस्तै तेस्रो दिनको बैठकमा आधा घन्टाजती मात्र बसेका ओलीविरुद्ध उनका विपक्षी सदस्यहरुले कडा रुपमा उत्रने तयारी गरेका छन ।

सरकारको कामको समीक्षा, सीमा विवाद, एमसीसीलगायतका विषयमा छलफल भइरहेको बैठकमा विशेष गरी सरकारको कामप्रति सदस्यहरुले आलोचना गरेका छन्। जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको भन्दै उनीहरुले सरकारको आलोचना गरेका हुन्।

असन्तुष्ट पक्षले प्रधानमन्त्री ओलीले १४ असारमा बालुवाटारमा आफूलाई हटाउन भारत र केही नेताहरु लागेको भनी अभिव्यक्ति दिएको विषयलाई बैठकमा उठाउने तयारी गरेका छन्। प्रचण्ड निकट एक सदस्यका अनुसार प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले पार्टीभित्र भारतको प्रभाव रहेको सन्देश जाने भन्दै आज बस्ने बैठकमा सो विषयमा प्रष्ट पार्न आवाज उठाउने तयारी भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close