कोरोना कहरमा सेवारत महिला प्रहरीको नाममा – रामहरी अधिकारी

मुलूकै सारा यो, जन जन सवै व्याकुल हुुँदा
यहा कोरोनाको, कहर भयले जग्जगी हँदा ।
कहिले सर्ने हो, कति दिन पछि हुल्मुल हँदा
कती वेला मान्छे, छटपट गरी निर्जन हँदा ।

यहि वेला चेली, सकल प्रहरी, कौशल भरी
गरी मर्यादा यो, मुलुक जनको, शौरभ सरी ।
कति राम्रो फौजी, पहिरन नीलो, त्यो वदनमा
पसिना पुुच्छन् ती, हपहपी गर्मी यो सिजनमा ।।

अरुका जस्तै यि, सकल घर छन् चेलीहरुका
कलिला वच्चा छन्, छुनुमुनु गरि काख भरिका ।
च्यहाँ गर्दै खोजी, सकल घडि ती मातृहरुका
वुवू खाने भन्दै, हरक्षण गरि खोजी उनका ।।

पकाइ छिटो केहि, झटपट गरि गाँस मुखमा
कठै के रुच्थ्यो खै, कसरि भरिने यो उदरमा ।
दुई घुट्की पानी, घटघट पिई झटपट गरि
वचेराको चारो, मुखभरि खुवाई तत्पर परी ।।

घरै होलिन् सासु, अनि त ससुराहरु पनि
वुहारी भैे गर्ने, भनिकन सवै कामहरु ति ।
कसैका साथैमा, अतिशय विरामीहरु भने
कतै होलान् छिटै, मदत नभए छट्पटी हुने ।।

कुनै वेला जिऊ, पनि छटपटी भै करकरी
महिनामारी भै, अतिशय दुखाई घरि घरी ।
कहिले स्त्रीको, कमल सरीको मन पनि
दुखाई हुँदो हो, सुकसुक रुने नियति पनि ।।

यति धेरै पिडा, सकस लुकाई गह भरी
सवै नेपालीकाृे, मुटुभर अटाई मन भरी ।
सवै वाधा भारी, सकल भुलाइ खुशि वनि
सहासी साह्रै छन्, जनजनहरुको सेवक पनि ।।

जगाई सेवाको, अथक प्रहरी मूल्य मनितो
लगाई वर्र्दी यो, मुलुक जननी यो धरतीको ।
सलामी अर्पिन्छाँै, हृदय भरिको गौरव गरी
सफल् हुन् यि चेली, हरपल सुखी जीवन भरी ।।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close