कांग्रेस अनुगमन समितिले गर्यो नेपाल औषधि थोक व्यावसायी संघ संग छलफल

कांग्रेस अनुगमन समितिले गर्यो नेपाल औषधि थोक व्यावसायी संघ संग छलफल

 

श्रावण १६,काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा पार्टीका सहमहामन्त्री डा प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले महामारीको अवस्थामा औषधिको सहज उपलब्धता समस्या र समाधानका बिकल्पमा छलफल सम्पन्न गरेको छ । नेपाल औषधि थोक व्यावसायी संघको आयोजना एव व्यवस्थापनमा नेपाली काँग्रेसका सह-महामन्त्री एव कोरोना अनुगमन समितिका संयोजकको नेतृत्वको टोलीले हालको महामारीको अवस्थामा अत्यावश्यक औषधिको उपलब्धता र जनताको सहज पहुचका सवालमा भएको बस्तुगत अवस्थाका बारेमा छलफल कार्यक्रम भएको छ । उक्त छलफलमा महामारीका समयमा अत्यावश्यक औषधिको खरिद र व्यवस्थापनमा सरकारी निकायको उदाशिनता र अनियमितता व्यापक भएको तर्फ सबैले खबरदारी गर्नुपर्ने बिषय औल्याएका थिए।

उक्त छलफलमा बोल्दैं कोरोना अनुगमन समितिका संयोजक एवम् पार्टीं सहमहामन्त्री डा. प्रकाश शरण महतले सरकारी निकाय र मन्त्रालय महामारीको समयमा कमाउ धन्दामा लागेको आरोप लागाउनु भयो । यसरि भएको अनियमितताको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कारवाहीको समेत माग गर्नुभएको छ । सरकार र स्वयं प्रधानमन्त्री समेत अनियमितताको ढाकछोपमा लागेका कारण जनताले महामारीको रोकथाम र उपचारमा समस्या भोग्न बाध्य भएको बताउदै सरकारलाई खबरदारी गर्न अपिल गर्नु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस अनुगमन समितिका सदस्यहरु एन.पी.सावद, डा. प्रभु बुढाथोकी र नेपाल औषधि थोक व्यावसायी संघका पदाधिकारी एव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close