नुवाकोटका जिल्ला सभापती केसिद्वारा स्वास्थ्य सामाग्री वितरण

 

नुवाकोट।‌ नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापती जगदिस्वर नर्सिङ्ग केसिले पञ्चकन्या आधारभुत बिद्यालयको लागी स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ।

मिति २०७७/०९/१९ गते आइतबारको दिन नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापती ,संविधानसभा सदस्य एवम् युवा नेता जगदिस्वर नर्सिङ्ग केसि ज्युको प्रमुख आतिथ्यमा तथा नेपाली कांग्रेस बेलकोटगढि काठमाडौ सम्पर्क समितीका सभापती श्याम ढुङ्गानाको आतिथ्यमा नुवाकोट बेलकोटगढी नपा वडा नं १३ पाखुरेमा अबस्थित  पञ्चकन्या आधारभुत बिद्यालयमा स्वास्थ्य सामाग्री (माक्स, सेनिटाइजर,थर्मल गन …आदी )बिद्यालयका प्रधानाध्यापक , शिक्षक,शिक्षिका तथा नेपाली कांग्रेस बेलकोटगढी १३ का कृयाशिल साथिहरुको उपस्थितिमा हस्तान्तरण गरियो साथै एक अर्को कार्यक्रमका बिच जन- चेतना नेपाल द्वारा  बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपिपल डबलीमा दलित,असहाय र अशक्त परिवारका करिब १६५ जना, १० वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति,संविधान सभा सदस्य,युवा नेता जगदिस्वर नर्सिङ्ग केसि ज्यु साथमा संस्थाको अध्यक्ष मुना निराैला,अन्य सदस्यहरु र नेपाली कांग्रेस पार्टिका विभिन्न तह र तप्काका सदस्यहरुको  सहभागिता थियो ।

तस्विरहरु

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close