बाराही खाद्यद्वारा चिसापानी ब्राण्डको 5 केजीको चामल प्याकेट बजारमा लन्च

‘स्वाद र उत्कृष्टतामा हाम्रो प्रतिवद्धता’ बाराही खाद्य उद्योग एण्ड सप्लायर्स प्रालि विगत ३ वर्षयता बाराही ब्राण्डको लोकल चामलका साथ बजारमा आएको छ ।

काठमाडौ उपत्यकाका आम उपभोक्ताहरुलाई स्थानीय गाउँ घरको लोकल चामलहरु उपलब्ध गराउने हेतुका साथ बाराही खाद्य उद्योग एण्ड सप्लायर्स प्रालिले उच्च गुणस्तरको ढुङ्गा, कनिका र बियाँ रहित चिसापानी ब्राण्डको लोकल जिरा मसिनो चामल, लोकल बासमती चामल र लोकल पोखरेली चामल (५केजी) बजारमा ल्याएको कुरा उक्त उद्योगका सञ्चालक नहकुल पाण्डेले बताए ।

सञ्चालक पाण्डेले भन्नुभयो, ‘उच्च गुणस्तर र आमउपभोक्ताको चाहनालाई मध्यनजर राख्दै हामिले अत्याधुनिक प्रबिधीबाट प्रशोधित उच्च गुणस्तरको ढुङ्गा, कनिका र बियाँ रहित चिसापानी ब्राण्डको लोकल जिरा मसिनो चामल, लोकल बासमती चामल र लोकल पोखरेली चामल ५ केजिको पाकेट बजारमा पठाएका छौ ।

नेपाली स्थानीय जिरा मसिनो चामलको उत्पादन तथा विक्रि वितरण गर्दै आएको बाराही खाद्य उद्योग एण्ड सप्लायर्सले आगामी दिनमा नुवाकोटको मनभोग चामलका साथै नुवाकोट शिखर बेसिकै समुन्द्रफिनी चामलको पनि ५ केजिको प्याकेटका साथ बजारमा आउने कुरा सञ्चालक पाण्डेले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Close